शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

तराई–मधेसको मुद्दा बेलायती संसदमा, नेपालमाथि कडा कदम चाल्न माग !

दैनिक नेपाल २०७४ वैशाख ८ गते १४:४०

काठमाडौं, ८ बैशाख । बेलायती संसदमा नेपालको संविधान निर्माणपछिको अवस्था उत्पन्न परिस्थितिको बारेमा चर्चा भएको छ । सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा प्रस्ताव दर्ता गर्दै नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनले स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहने प्रस्तावमा उल्लेख गरेकी छन् ।

केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानवअधिकार हननको विषय उठाइदिन आग्रह गरेपछि उनले सप्तरी घटनाको समेत छानविन हुनुपर्ने कुरा उठाएकी छन् ।

साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको बताइन् । सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले नेपालको सरक्षा निकायको आलोचना गरेकी छन् ।

उनले नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तराष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्ने बताएकी छन् ।

साथै राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।

प्रतिक्रिया
सम्बन्धित