बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

अन्तरजातीय विहे गर्दा प्रेमी जोडीलाई नाङ्गै घुमाइयो

दैनिक नेपाल २०७४ वैशाख ८ गते १४:२७

एजेन्सी । भारतको राजस्थानमा अन्तरजातीय प्रेममा परेका एक जोडीलाई नाङ्गै घुमाइएको छ । राजस्थानको बाँसवाडाको एउटा अदिबादसीको बसोबास भएको गाउँमा एक प्रेमी जोडीलाई निर्वस्त्र बनाएर घुमाइएको हो ।

यस कार्यमा प्रेमी–प्रेमीकाका परिवार र आफन्तरु संलग्न भएका हुन् । यस घटनामा १८ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीहरुका बुवा, काका र अन्य नातेदार छन् ।

कचरु र मोनिका नामका युवक–युवती दुई वर्षअघि गुजरातमा मजदुरी गर्ने क्रममा प्रेममा परेका थिए ।

मोनिकाको परिवारले अर्कै केटासँग उनको बिहे गर्ने तयारी गरेपछि कचरुले मोनिकालाई लिएर भागेका थिए । तर, परिवारका व्यक्तिहरुले उनीहरुलाई फेला पारेका थिए ।

अर्कै जातिसँग प्रेम गरेर गाउँको बदनामी गरेकाले पाठ सिकाउन भन्दै परिवार र गाउँबासीले उनीहरुलाई नाङ्गै पारेर घुमाए । केही व्यक्तिहरुले यसको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिए, जुन केही बरेमै भाइरल बनेको थियो ।

२ सय घर भएको यस आदिवासी गाउँमा अधिकांश मानिसहरु निरक्षर छन् । गाउँका धेरै युवाहरु छिमेकी राज्य गुजरातमा गएर मजदुरी गर्छन् ।

कचरु र मोनिकालाई शुक्रबार मजिस्ट्रेटसामु पेश गरिनेछ, जहाँ धारा १६४ मुताबिक मोनिकाको बयान लिइनेछ । युवकको पक्षबाट सन्तोषजनक बयान आएको खण्डमा युवतीलाई उनीसँग जाने अनुमति मिल्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित