Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
चुनावमा जान मोर्चाले राख्यो यस्तो शर्त, बेलुका ५ बजे टुंगो लाग्ने - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

चुनावमा जान मोर्चाले राख्यो यस्तो शर्त, बेलुका ५ बजे टुंगो लाग्ने

दैनिक नेपाल २०७४ वैशाख ८ गते १२:२०

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107


काठमाडौं, ८ वैशाख । स्थानीय तहको निर्वाचन र संविधान संशोधनको नयाँ विधेयकमा सहमति खोज्ने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान गरेको मधेसी मोर्चासंगको पहिलो चरणको बार्ता सकिएको छ ।

बार्ताका क्रममा प्रधानमन्त्री दाहालले मोर्चालाई चुनावपछि संविधान संशोधन र सीमांकन गर्ने गरि अहिले चुनावमा सहभागी हुन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले पनि आफ्ना मागहरु राखेका छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिले संविधानमा रहेका केही बाधक धाराहरुलाई संशोधन गर्ने र सीमांकनको क्षेत्राधिकार तोकी शक्तिशाली आयोग गठन गरे चुनावमा जान सकिने बताएका छन् ।

बैठकपछि बोल्दै संघीय समाजबादी फोरमका सह–अध्यक्ष अशोक राईले छलफल सकारात्मक भएपनि सरकारको कुरामा भर पर्ने प्रतिक्रिया दिए । मोर्चाले राखेको प्रस्तावमाथि छलफल गर्न दिउसो २ बजे सत्तारुढ दलहरुबीच बैठक बस्नेछ । सो बैठकपछि बेलुका ५ बजे पुनः मोर्चासंग अन्तिम बार्ता हुने जनाइएको छ ।

अमधेसी मोर्चाले स्थानीय तहको निर्वाचन विथोल्ने गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको झण्डै एक सातापछि प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूलाई बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन, मधेसी मोर्चाका नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादवल, अशोक राई लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित