Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
‘कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिउँ’ - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

‘कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिउँ’

दैनिक नेपाल २०७४ वैशाख ८ गते १५:४६

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

माओवादीले प्रचण्डको उपस्थितिमा काठमाडौंमा पहिलो आमसभा गर्दै थियो । त्यो पनि सैनिक मञ्चमा ।

आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ । प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन । माओवादीले सेनाको छातीमा बजारेको कुन सिपाहिलाई असह्य हुन्थ्यो र ?

शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण ब्यबहार कायमै थियो । सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिन माओवादी नियत मैले बुझेको थिएँ । यसमा सेनाको मनोबल घटाउँने अभिष्ट लुकेको थियो ।

हेडक्वार्टरबाट बालुवाटार जान पन्ध्र मिनेट लाग्थ्यो । मैले त्यति धैर्य गर्न सकिनँ । फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ ।

‘प्रधानमन्त्रीज्यू, दिल्लीको लाल किल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ ?’ मैले भने ।

‘मैले चिपसापको कुरा बुझिनँ, उहाँले मसिनो स्वरमा भन्नुभयो । टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दल बिशेषको आमसभा भएको छ ?’ म झोक्किएँ ।

उहाँले बुझिहाल्नु भयो ।

‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो ।

‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिँदैन’, मैले आफ्नो निर्णय सुनाइदिएँ ।

‘शान्ति र संबिधानको कुरा छ । राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नु हुँदैन’, उहाँले मनाउन खोज्नुभयो, सेना अलि सफ्ट भइदिनुपर्छ ।’

‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भब छ ।’

‘ल त ल, आर्मीको नियमअनुसार गर्नुस्’, गिरिजाबाबुले फोन राखिदिनुभयो ।

मैले प्रधानमन्त्रीको संबाद उच्च सैनिक अधिकारीहरूलाई सुनाएँ । भनेँ, ‘माओवादीले थाहा पाउन्, यो संबाद लिक गरिदिनु ।’

म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो । माओवादीले आफ्नो तयारी रोकेनन् । पम्प्लेट टाँसे । दरबार ढलेको चित्र बनाए । सैनिक मञ्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए ।

‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मञ्चमा कार्यक्रम गर्ने नपाउने ? उनीहरूका केही नेता हामीबिरुद्ध खनिन थाले, ‘राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन ।’

म भने आफ्नो निश्चयमा दृढ थिएँ ।

शशिभबनको जमघटमा सञ्चारकर्मी, वकिल, नेता मानबअधिकारवादीलाई सेनाको पोजिसन प्रस्ट पारेँ,’ सैनिक मञ्चको सुरक्षाका लागि कठोर कदम चाल्न तयार छु ।’

माओवादीले लाखौँ जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो । पोस्टरिंग, पम्पलेटिंग, माइकिंग गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो ।

माओवादी दूत बनेर अनुमति माग्न आउनेहरूलाई मेरो जवाफ हु्न्थ्यो’, सैनिक मञ्च हाम्रो छाती हो । त्यहाँ पाइला टेक्नेलाई म आफैँ सिपाहीको अग्रपंक्तिमा बसेर मेसिन गगनले भुटिदिन्छु ।’

माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरी फौज तैनाथ भयो । हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च घेर्यौँ । महांकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोसाकमा सेना खटायौ । सञ्चार सेट र सिसिटिभी जताततै जडान गर्यौ । केही भइहाले मानवअधिकारवादीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो ।

अन्ततः माओवादी पछि हट्यो । उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुल्लामञ्चमा आमसभा गरेर चित्त बुझाए ।

माओवादी अध्यक्ष प्रचण्डले पछि कुनै कार्यक्रममा खुल्लामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, ‘को हो त्यो कटवाल भनेको ?’

जे होस् रक्तपात टर्यो ।

फेरि अर्को घटना त्यस्तै भयो ।

रामेछापका एकजना लप्टन २०६४ चैतमा घर गएका रहेछन् । त्यही बेला माओवादीले उनलाई नियन्त्रणमा लिएछ ।

मैले तुरुन्त रक्षामन्त्रालय समेत हेर्ने प्रधानमन्त्रीलाई फोन गरेँ, ‘माओवादीले हाम्रो अफिसर कब्जामा लिएका छन् । तुरुन्त छाड्न भन्दिनुपर्यो ।’

गिरिजाबाबु माओवादीप्रति धेरै ‘सफ्ट’ हुनुहुन्थो । उहाँ विषयान्तर गर्न खोज्नुहुन्थ्यो । म भने टसमस भइनँ ।

माओवादीले सेनाको अफिसर नियन्त्रण गरेको घटना निकै गम्भीर हो,’ मैले प्रधानमन्त्रीलाई मुखै फोरेर भनेँ, ‘हाम्रो मानिस तुरुन्त छोड्नु, नत्र म माओवादी हेडक्वार्टर ध्वस्त पार्दिन्छु ।’

त्यतिबेला माओवादी मुख्यालय बुद्दनगरमा थियो । मुख्यालय हान्न सिंहदरबारमा रेन्जरसहित एक टुकडी फौज जम्मा गरेँ । माओवादी कब्जामा रहेका अफिसरलाई छुटाउन पूर्वको सम्बन्धित बाहिनीलाई ‘रेस्क्यु’ अपरेसन थाल्न निर्देशन दिएँ ।

केही बेरमै यो खबर संसारभर पुगे छ । राष्ट्रसंघ, दिल्ली जताततैबाट फोन आउन थाल्यो । मध्यस्थ गर्न खोज्नेलाई मैले भनिदिएँ, ‘म ज्युँदो हुँदाहुँदै सेनाको कुनै सिपाहिलाई कसैले कोतर्न पनि पाउँदैन, खुरुक्क हाम्रो लप्टन छाड्छन् कि माओवादी केन्द्रीय कार्यालय ध्वस्त बनाइदिउँ ।’

माओवादी डराए छन् ।

केही बेरमै हाम्रो लप्टन सकुशल छाडिएको खबर आयो ।

मैले फौज फिर्ता गरे । अर्को रक्तपात टर्यो ।

– पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको आत्मकथाबाट साभार

प्रतिक्रिया
सम्बन्धित