बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

टेलिभिजन प्रस्तोता मिलन अब निर्देशक (भिडियोसहित)

दैनिक नेपाल २०७४ वैशाख ७ गते २१:४५

काठमाडौं । टेलिभिजनको पर्दामा कार्यक्रम निर्माता र प्रस्तोताको रुपमा परिचित विकास श्रेष्ठ (मिलन) म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका छन् ।

विभिन्न डकुमेन्ट्री र विज्ञापनहरुको निर्देशन गरिसकेका मिलनले अञ्जना राईको पहिलो प्रस्तुति ‘सितको थोपा’ बोलको गीतबाट म्युजिक भिडियो निर्देशनमा हात हालेका हुन् ।

सुरेन रानाको शब्द रहेको गीतको संगितकार गणेश गुरुङ हुन् । बि टू फिल्मस्को व्यानरमा बनेको उक्त म्युजिक भिडियोको छायांकन प्रदिप गुरुङले गरेका हुन् भने सम्पादन माधव वेलवासेले गरेका हुन् । बविना पौडेल, सुनिल बलाल र अनुपा श्रेष्ठको अभिनय भिडियोमा देख्न पाइन्छ ।

इमेज च्यानलको चर्चित कार्यक्रम ‘इमेज लोक कलाकार’बाट प्रस्तोता र निर्माताका रुपमा दर्शकले अत्याधिक रुचाइएका श्रेष्ठलाई म्युजिक भिडियोमा कत्तिको सफलता मिल्नेछ त्यो हेर्न बाँकी छ ।

भिडियो:

प्रतिक्रिया
सम्बन्धित