शनिबार, १३ जेठ २०७४
DainikNepal.com
शनिबार, १३ जेठ २०७४

काँग्रेसले सरकार छाडे एमाले र माओवादीको सरकार ?

दैनिक नेपाल २०७४ वैशाख ७ गते १९:००

काठमाडौं, ७ बैशाख । नेकपा एमालेले चुनाव अघि काँग्रेसले सरकार छाडेमा एमालेले वर्तमान सरकारको काँध थाप्ने भएको छ ।

नेकपा एमालेका सचिव एवं प्रभावशाली नेता प्रदीप ज्ञवालीले गठबन्धनमा रहेको काँग्रेसका कारण चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताउनुभएको हो ।

वर्तमान सरकारमा सहभागी हुने एमालेको कुनै चाहना नरहेको उहाँले आफूहरुको ध्यान चुनावमा भएको बताउनुभयो ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा सचिव ज्ञवालीले भन्नुभयो – ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’

सचिव ज्ञवालीले कुनैपनि हालतमा बैशाख ३१ गते चुनाव हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित