सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

सिड्नीका रेल स्टेशनहरु खतरापूर्ण बन्दै

दैनिक नेपाल २०७४ वैशाख ७ गते १८:०१

फाइल तस्बीर

सिड्नी (अष्ट्रेलिया), ७ चैत । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेशनहरु अत्याधिक भिडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेशनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकता अनुसार नभएको उल्लेख गरिएको छ ।

सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवतजावत बढी भएर मान्छेहरुको भिडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भिडभाडका कारण उनीहरु आफै आजित भएका छन् ।” यसलाई कम गर्न अवदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानु पर्ने उहाँको भनाई छ ।

“अत्याधिक भिडभाडको समस्याको सिधा समाधान भनेको अर्को रेलमार्ग बनाउनु हो, तर यो बनाउन धेरै समय र खर्च लाग्छ,” उहाँले भन्नुभयो ।
यात्रुहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदी कार्यमा केही सुधार गर्न सकिने जस्तो देखिने उहाँले बताउनु भयो ।

अत्याधिक धेरै जनसङ्ख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक पटक रेल प्रयोग गरिरहनु पर्ने कारण पनि समस्या उत्पन्न भएको उहाँको भनाई छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित