शनिबार, १३ जेठ २०७४
DainikNepal.com
शनिबार, १३ जेठ २०७४

डीआईजी सिलवाललाई हेडक्वार्टरले सोध्यो स्पष्टिकरण

दैनिक नेपाल २०७४ वैशाख ६ गते २०:२९

काठमाडौं, ६ बैशाख । डीआईजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले स्पष्टिकरण सोधेको छ । प्रहरी नियम उल्लङघन गरेको ठहर गर्दै प्रहरी प्रधान कार्यालय, नक्सालले स्पष्टिकरणको लागि पत्र काटेको हो ।

हेडक्वाटरले डिआइजी सिललाललाई मंगलबारसम्म उचित स्पष्टिकरणसहित जवाफ दिन भनेको छ । नेपाल प्रहरीको महानिरीक्षक भएर कार्यभार सम्हालेपछि प्रकाश अर्यालले चैत २९ गते बोलाएको प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा सहभागी नभएर प्रहरीको नियम र चेन अफ कमान्ड उल्लङ्न गरेकोमा स्पष्टिकरणका लागि पत्र काटिएको प्रधान कार्यालय स्रोतले जनाएको छ । पत्र गएको चैत ३१ गतेको मितिमा काटिएको हो ।

सिलवाल आइजीपीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा पनि अनुपस्थित थिए । उनी नआएपछि गृह सचिव लोकदर्शन रेग्मीले चेन आफ कमान्ड उल्लङ्घन गरेको भन्दै पत्र काट्न निर्देशन दिएका थिए । चित्तबुझ्दो जवाफ नआए कारबाही हुने समेत पत्रमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित