बुधबार, २७ मंसिर २०७४
DainikNepal.com
बुधबार, २७ मंसिर २०७४

आङकाजी शेर्पाको धम्की- होसियार ! स्थानीय निर्वाचन गर्न खोजे काटिदिन्छौं

दैनिक नेपाल २०७४ वैशाख ६ गते १९:११

काठमाडौं, ६ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले स्थानीय तहको निर्वाचन गर्न खोजे काटिदिने धम्की दिएका छन् ।

प्राय सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिइरहेने शेर्पाले मंगलबार राति ट्वीटरमार्फत इलाममा निर्वाचन गर्न खोजे काट्ने धम्की दिएका हुन् ।

उनले लेखेका छन्- ‘कसको तागत छ इलाममा स्थानीय निर्वाचन गर्ने ? ख्याल ख्यालमा ९ इञ्च काट्ने ठाउँ हो । होसियार !’

इलाम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको क्षेत्र हो । जनजाति नेता समेत रहेका शेर्पा यसअघि समाजिक सञ्जालमा अपाच्य खालको अभिव्यक्ति दिँदा जेल समेत परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित