बुधबार, १३ वैशाख २०७४
DainikNepal.com
बुधबार, १३ वैशाख २०७४

भैरहवामा शुरु भयो सुविधा सम्पन्न डिपार्टमेन्टल

दैनिक नेपाल २०७४ वैशाख ६ गते १६:२९

– नरेश केसी

भैरहवा, ६ वैशाख । लुम्बिनीको प्रवेशद्वार भैरहवामा सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर सन्चालनमा आएको छ ।

भैरहवाको मुख्य बजार विद्रोही चौंकमा रहेको ७ तल्ले भवनबाट सानु डिपार्टमेन्टल स्टोर प्रा.लिले आफ्नो सेवा शुरु गरेको हो ।

बुधबार बैदिक सनातन धार्मिक विधीद्धारा उद्घाटन गरिएको उक्त स्टोर्स भैरहवाकै अहिले सम्मकै सुविधा सम्पन्न स्टोर्स हो । ५ कठ्ठा जग्गामा पार्किंग, भवन गरेर फैलिएको उक्त स्टोर्सको व्यवसायीक लगानी ५ करोड र भौतिक संरचना तथा जग्गा गरेर कुल २५ करोड लागत लागेको सन्चालकले जनाएका छन् ।

स्टोर्स सन्चालनमा आएसंगै उपभोक्ताले गुणस्तरयुक्त सामान, सहि मूल्यमा पाउन सक्ने हुदा यस क्षेत्रका आम उपभोक्ता व्वयसायी हर्षित भएको उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष रामकुमार शर्माले जनाए ।

स्टोर्समा फरक फरक प्रकृतिका स्वदेशी तथा विदेशी मालसमानहरु सुपथ मूल्यमा पाइनेगरी विक्रीको प्रबन्ध मिलाईको आम ग्राहकको लागी लिफ्टको व्यवस्था, रेष्टुरेन्ट समेत रहेको सन्चालक सानु शर्माले जनाए ।

भैरहवा क्षेत्रमा रियल स्टेट व्यवसायमा सफल व्यवसायीको रुपमा स्थापीत शर्माको सानु डिपार्टमेन्टल स्टोर प्रा.लिको पहिलो दिन मन्त्री दिपक बोहरा, पुर्व उद्योग मन्त्रि रामकृष्ण ताम्रकार, सांसदहरु आदित्य नारयण कसौधन लगायत हजारौं मान्छेले अवलोकन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित