बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

ट्रम्पले दिए आप्रवासीको उठिबास गर्ने अर्काे कडा आदेश, नेपाली पनि प्रभावित

“अमेरिकन नै किनौ, अमेरिकन नै राखौ”

दैनिक नेपाल २०७४ वैशाख ६ गते १३:०७

वासिङटन, ६ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौं” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गर्नु भएको छ ।

विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गर्नु भएको अधिकारीले जनाएका छन् ।

“यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौं, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौं र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,” सयौं मजदुरहरुको अगाडि कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भन्नुभयो ।

अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ । त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ ।

“अमेरिकन नै किनौ, अमेरिकन नै राखौं”लाई अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश ल्याइएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले यो आदेशले अमेरिकालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । अमेरिका बनाउने अमेरिकी कामदारहरुको पक्षमा यो आदेश भएको उहाँको भनाइ छ ।

आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख छ । – सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित