Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
आइपीएल क्रिकेटः कोलकाता शीर्ष स्थानमा, दिल्ली ४ विकेटले पराजित - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

आइपीएल क्रिकेटः कोलकाता शीर्ष स्थानमा, दिल्ली ४ विकेटले पराजित

दैनिक नेपाल २०७४ वैशाख ४ गते २०:१८

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ४ वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली डेयरडेभिल्सलाई ४ विकेटले हराउँदै कोलकाता नाइटराइडर्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा सोमबार अपराह्न भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १६८ रन बनायो । जवाफी ब्याटिङ गरेको कोलकाताले अन्तिम बल बाँकी छँदै जित हात पारेको हो ।

कोलकाताका लागि मनिष पाण्डेले अभिजित ६७ रन बनाए । युसुफ पठानले ५९ रनको पारी खेले ।

यसअघि दिल्लीका लागि ऋषभ पन्तले ३८, सञ्जु सामसङले ३९ रन बनाएका थिए । साम बिलिङ्सले २१, करुण नायरले २१ र श्रेयस नायरले २६ रन जोडे । कोलकाताका लागि नाथन कोल्टेरले ३ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित