मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

दैनिक नेपाल २०७३ चैत ८ गते ९:१३

काठमाडौं, ८ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सांसदहरूलाई समग्र राजनीतिक अवस्थाका विषयमा जानकारी दिने सांसद रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष दाहालले संसदको अधिवेशनका साथै आफ्ना भावी योजनाहरू सुनाउने बुझिएको छ ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको र मधेसी केन्द्रित दलहरूसँगको दूरी बढिरहेका बेला अध्यक्ष दाहालले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित