सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

स्थानीय तहको निर्वाचन बहिष्कार गर्न सक्छौं : उपाध्यक्ष तामाङ

दैनिक नेपाल २०७३ चैत ८ गते ८:४६

काठमाडौं, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष वुद्धिमान तामाङले निर्वाचन आयोगले आफ्नो निर्णयमा पुनर्विचार नगरे स्थानीय तहको निर्वाचनको बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपाध्यक्ष तामाङले हिन्दू राष्ट्र र राजसंस्था आफूहरूको मुल सिद्धान्त रहेको बताए । ‘हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा निर्वाचन आयोगले राप्रपासँग गरेको अन्यायविरुद्ध हामी सडक र अदालत जाने बताए ।

उनले भने, ‘यदि न्याय पाएनौँ भने स्थानीय निर्वाचन पनि बहिष्कारसम्म हुन सक्छ । पार्टीभित्र छलफल चलिरहेको छ ।’ निर्वाचन आयोगको निरंकुशताविरुद्ध छिट्टै अदालत जाने उनको भनाइ थियो ।

हिन्दू राष्ट्र र राजसंस्थाका विषयमा पहिलादेखिनै तत्कालीन राप्रपा नेपालले एजेन्डा उठाउँदै आएको बताएका उपाधयक्ष तामाङले भने, ‘निर्वाचनको वातावरण विथोल्न अनावश्यक बखेडा निकालिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित