सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

कपिलवस्तुका मौलाना हज समितिको सल्लाहकारमा मनोनीत

दैनिक नेपाल २०७३ चैत ८ गते ८:१७

– सीताराम चौधरी

चन्द्रौटा, ८ चैत । कपिलवस्तुको कृष्णनगर निवासी मौलाना मशहूद खाँलाई गृहमन्त्रालयअन्तरगतको केन्द्रीय हज समितिको सल्लाहकारमा मनोनीत गरिएको छ ।

केन्द्रीय शिक्षा परिषद (मदरसा बोर्ड) का केन्द्रीय सदस्य एवं राष्ट्रिय मदरसा संघका राष्ट्रिय महासचिव मौलाना ‘नेपाली’ लाई सल्लाहकारमा मनोनीत गरिएको हो । साउदी राजदूताबाससँग वार्ताका लागि हज समितिले मौलाना नेपालीलाई वार्ता संयोजकको जिम्मेवारी दिएको छ ।

यसैगरी राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अब्दुल गनी अलकूफीलाई समेत वार्ताटोलीको मुख्य जिम्मा दिएको बताइएको छ ।

यसअघिको केन्द्रिय हज समितिले वार्ता गरेपनि सफल नहुँदा राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अलकूफी र महासचिव मौलाना नेपालीलाई जिम्मेवारी दिएको हो । साउदी अरबले नेपाललाई १ हजार हाजी पठाउन अनुमति दिएको छ । गतवर्ष फारम भरेकामध्ये १हजार १५ जना हाजी मक्काको हज गरी फर्किए ।

गतवर्षै फारम भरेका ६ सय १५ जना हजयात्री सीमित कोटाका कारण जान पाएका छैनन् । साउदी अरबको अनुमति अनुसार नेपाल सरकार गृहमन्त्रालयले हजयात्राका लागि एक हजार संख्या कोटा निर्धारण गरी आवेदन खुला गरेको छ ।

गतवर्ष कटौतीमा परेकालाई पहिलो प्राथमिकतामा राखेको छ । सो अनुसार गतवर्षको संख्यामा यसवर्ष थप ३सय ८५ जना मात्र नयाँ हजयात्री मक्का जान पाउने देखिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित