शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

भारतको गतिविधिबाट चीन रिसायो, बेइजिङबाट आयो कडा आपत्ति

दैनिक नेपाल २०७३ चैत ८ गते ७:२०

काठमाडौं, ८ चैत । तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ ।

भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददातासँग भनेकी छिन्, ‘चीनको विरुद्धमा उभिने दलाइ लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्‍मान दिएको छ । यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ ।’

उनले भनेकी छिन्, ‘तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्‍न आग्रह गर्दछु । भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’

धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए ।

राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ । विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वानले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सेमिनारमा छलफल गरेका थिए ।

यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित