सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

भोलिदेखि मौसममा सुधार आउने

दैनिक नेपाल २०७३ चैत ७ गते २२:१९

काठमाडौँ, ७ चैत । पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद् समिर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आज खासगरी देशका पूर्वी तराई भेगमा बाक्लो बादल तथा चट्याङसहितको वर्षात् भएको तथा केही पहाडी जिल्लामा बदली भएको छ । त्यस्तै पश्चिमका नवलपरासीलगायत क्षेत्रमा हल्का वर्षा भएको छ । मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित