सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

प्रहरीसँगको झडपपछि बालुवाटार पुगेर कमल थापाले यसरी लिए प्रचण्डको सातो !

दैनिक नेपाल २०७३ चैत ७ गते २१:०१

काठमाडौं, ७ चैत । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार छाड्ने चेतावनी दिएका छन् ।

पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ हटाइएको विरोधमा सोमबार दिउँसो निर्वाचन आयोग अगाडि प्रदर्शन गरिरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेपछि आपूर्ति मन्त्री दिपक बोहरासहित अपराह्न बालुवाटार पुगेका मन्त्री थापाले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएको भन्दै यस्तै अवस्था रहे सरकारमा बस्न नसकिने स्पष्ट पारेका हुन् ।

आफूहरुले गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको र आफ्ना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै थापाले निर्वाचन आयोगले गैरसंवैधानिक रुपमा आफ्नो विधानमाथि हस्तक्षेप गरेको र उल्टै गृह प्रशासनले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने भएपछि सरकारमा किन बस्ने ? भनी प्रश्न गरेको स्रोतले बतायो ।

निर्वाचन आयोगले निर्णयमा पुनर्विचार नगरे केही दिनमै सरकारबाट बाहिरिने चेतावनी दिँदै थापाले अगाडि भने– ‘निर्वाचन आयोगको असंवैधानिक र तानाशाही निर्णयको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । म सरकारमा उपप्रधानमन्त्री छु, मेरै नेतृत्वमा भएको शान्तिपूर्ण कार्यक्रममा यस्तो हस्तक्षेप हुन्छ भने सरकारी सरकारमा बस्न सकिन्छ ? हामी निर्वाचन गराउन सरकारमा आएका हौं । तर, जब हामीलाई नै निर्वाचनमा जान रोकिन्छ भने सरकारमा बसेर जागिर खानुछैन् ।’

नेता कार्यकर्तामाथि बल प्रयोग भएपछि सिंहदरबारबाट सिधै आएर आफै निर्वाचन आयोग अगाडि धर्ना बसेका उपप्रधानमन्त्री थापा वीर अस्पतालमा उपचार गराइरहेका घाइते नेता तथा कार्यकर्तालाई भेटेर बालुवाटार पुगेका थिए ।

यो पनि पढ्नुस्ः

राप्रपा धर्नामा लाठी चार्ज! निधिले कमल थापासँग प्रतिसोध साँधेका त होइनन् ?

प्रतिक्रिया
सम्बन्धित