बुधबार, २७ मंसिर २०७४
DainikNepal.com
बुधबार, २७ मंसिर २०७४

भारतमा सञ्चालित नेपाल र भारतीय सेनाको संयुक्त अभ्यास सकियो

दैनिक नेपाल २०७३ चैत ७ गते १९:२९

काठमाडौं, ७ चैत । फागुन २४ गतेबाट भारतको पिथौरागढस्थित २८ बीएन द पञ्जाव रेजिमेन्ट व्यारेकमा सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘इन्डो नेपाल ज्वोयन्ट ग्रुप ट्रेनिङ–सुर्य किरन–६’ आज सम्पन्न भएको छ ।

समापनको क्रममा नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा प्रदर्शन गरिएको शेरमोनियल ड्रिलको उत्तराखण्डका जिओसी एलटी जेन ललित पाण्डे र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी दिपकप्रसाद भारतीले निरीक्षण गरेका थिए ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समावेश गरि संचालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुधिर केसीको नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको नफ्रि समावेश भएको थियो ।

यस किसिमको संयुक्त अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै नेपाली सेना र भारतीय सेना वीच सम्पन्न सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाको सकलदर्जा बीच समझदारीको अभिवृद्धि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित