सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

दाँत कोट्याउन सिन्का प्रयोग गर्नुहुन्छ ? तुरुन्त छोड्नुस्

दैनिक नेपाल २०७३ चैत ७ गते १९:२३

एजेन्सी । कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं । तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ ः

– दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र दुखाई सुरु हुन्छ ।

– टुथपिकको प्रयोग बढी मात्रामा गर्दै गएमा दाँतको बीच भाग खाली हुँदै जान्छ । जसले गर्दा त्यहाँ झन बढी खाने कुरा पस्न जान्छ । र, मानिसलाई क्याभिटिजको समस्या हुने गर्छ ।

– कतिपय मानिसले दाँत सफा गरिसकेपछि त्यही सिन्का चपाउने गर्छन् । जसले दाँतको इनामेल अर्थात सेतो चमकलाई नोक्सान गर्छ ।

– टूथपिकको बढी प्रयोगले गिजा खुल्न थाल्छ, जसले गर्दा दाँतको जरा पनि खुलेर कमजोर हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित