आइतबार, १७ वैशाख २०७४
DainikNepal.com
आइतबार, १७ वैशाख २०७४

नेपाली सेना र अमेरिकी सेनाको ‘शान्ति प्रयास’ सुरु

दैनिक नेपाल २०७३ चैत ७ गते १९:१५

काठमाडौं, ७ चैत । आजदेखि नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सह-आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘शान्ति प्रयास’ सुरु भएको छ ।

‘शान्ति अभ्यास–३’ को एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरे । उक्त समारोहलाई प्रधानमन्त्री दाहाल, प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री, युनाइटेड स्टेड प्यासिफिक कमाण्ड का कमाण्डर एडमिन ह्यारी बी हरिष जेआर, युएसएन र नेपालका लागि अमेरिकी राजदुत अलैन बी टप्लिजले सम्बोधन गरेका थिए ।

सो अवसरमा बोल्दै वक्ताहरुले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गर्नुका साथै यस किसिमको अभ्यासले विश्व शान्ति स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

सो अवसरमा विश्व शान्ति स्थापना कार्यमा खट्टिदा बिरगति प्राप्त गरेका नेपाली सेनाका वीर स्मारिकामा छुट्टा–छुट्टै माल्र्यापन गर्नुको साथै शान्तिको प्रतिक परेवा समेत उडाएका थिए ।

अभ्यासमा नेपाल सहित जम्मा २८ राष्ट्रका करिव एक हजार २४ जना सैनिकहरु सहभागी हुने छन् । अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिशन ईलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरण मा एक-आपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि गर्नु रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित