शनिबार, १२ चैत २०७३
DainikNepal.com
शनिबार, १२ चैत २०७३

ईट्टा उद्योगमा काम गर्ने दुई बालक अभिभावकको जिम्मा

दैनिक नेपाल २०७३ चैत ७ गते १८:४६


सल्यान, ७ चैत । दुई महिनादेखि भक्तपुरको ईट्टा उद्योगमा काम गर्न लागेका दुई जना बालकलाई आज अभिभावकको जिम्मा लगाइएको छ । सल्यानको निगालचुला गाविस– १ का १३ वर्षीय नेत्रलाल घर्ती र माझकाँडा –५ का १३ वर्षीय नेत्रलाल पुनलाई उद्धार गरि अभिभावकको जिम्मा लगाइएको हो ।

जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बाल विकास समाजको समन्वयमा भक्तपुरको सरस्वती ईट्टा उद्योग र महेश्वरी ईट्टा उद्योगबाट उनीहरुलाई उद्धार गरिएको हो ।

कक्षा चारमा पढ्ने उनीहरुले आफूहरु पैसा कमाउन भन्दै भक्तपुर पुगेका थिए । पारिवारिक बेमेलका कारण उनीहरु ईट्टा उद्योगमा काम गर्न गएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

घरमा बसेर नयाँ कपडा, नयाँ जुत्ता, मोबाइल तथा साथीहरुसंगीहरुसंग घुम्न लगायतका चाहाना पुरा नहुने देखेपछि बालक घरपरिवारबाट सानै उमेरमा ईट्टा उद्योगमा काम पुगेकोे बाल विकास समाजका दिपेन्द्र पराजुलीले बताए । अभिभाबकहरुले अब बालकको भविष्यको ख्याल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित