आइतबार, १७ वैशाख २०७४
DainikNepal.com
आइतबार, १७ वैशाख २०७४

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिबादी पक्राउ

दैनिक नेपाल २०७३ चैत ७ गते १८:२८


काठमाडौं, ७ चैत । अपहरण तथा शरिर बन्धक बनाएको मुद्दामा सजाय सुनाइएका एक जनालाई केन्द्रीय अनुसन्धान व्यरोको टोलीले पक्राउ गरेको छ ।

रुपन्देही अदालतले दुई वर्ष कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना सुनाएका काठमाडौंको पुरानो नैकापका ३४ वर्षीय भाष्कर पनेरु सोही ठाउँबाट पक्राउ परेका छन् ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतको आदेशमा जगन्नाथदेवल कारागारमा पेश गरिएको केन्द्रीय अनुसन्धान व्यरो महाराजगञ्जले काठमाडौंले जनाएको छ ।

पनेरुले २०६७ मा रुपन्देही टिकुलीगढ–१ खैरिया बस्ने कृष्णप्रसाद भुषालले भारतीय नम्बरबाट दुई लाख रुपैयाँ डरधम्की दिई फिरौती लिएको र अर्कैको नाममा त्यो जम्मा मदत गरेका थिए । भुषालले भने २०६८ मै पक्राउ परि कैद भुक्तान गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित