आइतबार, १७ वैशाख २०७४
DainikNepal.com
आइतबार, १७ वैशाख २०७४

गायिका कोमल ओली सडकमै बेहोस भएर ढलिन्

दैनिक नेपाल २०७३ चैत ७ गते १७:४०

काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् गायिका कोमल ओली बेहोस भएर सडकमा ढलेपछि अस्पताल भर्ना गरिएको छ ।

राप्रपाले निर्वाचन आयोगको मुख्यालय कान्तिपथमा घेराउ गर्न जाने क्रममा सोमबार प्रहरीले चलाएको अश्रुग्यासले ओली बेहोस भएर ढलेकी हुन् । ओलीसँगै रहेकी सहयोगी रीतु कँडेलका अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेपछि सोही ग्यासको असरले गायिका ओली सडकमा बेहोस भएकी हुन् ।

बेहोस भएपछि ओलीलाई तत्काल प्रदर्शनीमार्गस्थित मोडल अस्पताल उपचारका लागि पुगाइएको थियो । ओलीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालले डिस्चार्ज गरेको कँडेलले जानकारी दिइन् ।

गायिका एवम् केन्द्रीय सदस्य ओलीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवम् पार्टी अध्यक्ष कमल थापासहितका नेताहरू मोडल अस्पताल पुगेका थिए ।

राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी गायिका ओली निर्वाचन आयोगको मुख्यालयमा धर्ना दिन जाने क्रममा प्रहरीको अश्रुग्यासमा परेकी हुन् ।

विधानबाट आयोगले हिन्दू राष्ट्र र राजसंस्थाको प्रावधान हटाइदिएपछि राप्रपाका अध्यक्ष कमल थापासहितका शीर्ष नेता तथा कार्यकर्ताले आज आयोगको मुख्यालयमा धर्ना दिन गएका थिए । धर्ना दिन जाने क्रममा प्रहरीले बीच बाटोमा रोक्न बल प्रयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित