शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

गायिका ललिताको दोष दुईमा के छ ? (भिडियो सहित)

दैनिक नेपाल २०७३ चैत ७ गते १७:१२

– अनिल खत्री

गुल्मी, ७ चैत । गायिका ललिता पौडेलको दोष सार्वजनिक भएको छ । लोक तथा दोहोरी क्षेत्रबाट संगीतको क्षेत्रमा प्रवेश गरेको गायिका ललिता पौडेलले हालै बजारमा नयाँ एकल गीति संग्रह ‘दोष भाग २’सार्वजनिक भएको छ ।

झण्डै दुइ वर्ष अगाडि देखि गायन क्षेत्रमा पाइला टेकेकी पौडेलले ‘दोष भाग २’ निभेको आगो मा कल्ले ताप्छ र बोलको गित रहेको छ । आफ्नो एकल सुमधुर स्वर रहेको गितमा गायिका पौडेलले मायाँ प्रेममा तडपिएको बियोगान्त शब्दभावमा गित रहेको छ । एकनारायण भण्डारीको शब्द तथा मौसम गुरुगंको लय रहेको छ ।

मायाँ पे्रममा जव मान्छेले धोका खान्छ तव सबैबाट एक्लीएको महशुस गर्छ तव आफनो मनको भित्रि भाव गितमा पोखिने गायिका पौडेलको भनाई छ । सबैबाट एक्लीए पछी कसैले पनि आफुप्रति वास्ता नगरेको प्रतिभाव गितमा समाबेश गरिएको गायिका पौडेलले बताईन् । गितमा निकै मिठास शब्दभाव सगै निकै मेहनत गरेर गाएकोले धेरै दर्सक श्रोताको मन जित्ने बताइन् ।

मायाँ प्रेममा जव शुन्य हात पर्छ तव बियोगका आशु वर्षिन्छन् तव उसले कसैको पनि साथ पाउँदैनकी जस्तो महसुस गर्छ अनि गितको सहारा लिन खोज्छ त्यस्ता व्यक्तिको कथा बस्तु गितमा उतारिएको गायिकाको भनाई छ । गितमा मायाँ प्रेममा बियोगमा परेपछी पोखिएका शब्दभाव रहेका छन् ।

झण्डै २ वर्ष पहिले लोक दोहोरी प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक ताराबाट छनोट भएर गायन क्षेत्रमा प्रबेश गरेकी गुल्मेली गायिका ललिता यतिबेला छोटो समयमै चर्चामा छन् । उनले झण्डै आदा दर्जन लोक तथा दोहोरी, एकल गितहरुमा स्वर दिएर बजारमा आएका छन् ।

स्कुले जिवनबाटै संगित क्षेत्रमा रुची रहेको र त्यसमा प्रतिष्ठान गुल्मीले आफनो प्रतिभा अगाडी ल्याउन सहयोग गरेकोले गायन क्षेत्रमा थप प्ररेण मिलेको पौडेलको भनाई रहेको छ । गित शितल शिजन डिजिटल म्युजिक प्रालिले बजार व्यबस्थापन गरेको छ । दिपक बसन्त कार्की द्वारा निर्दे्शित छ भने सिर्जु अधिकारी र एम.बि गुरुङको अभिनय रहेको छ ।

भिडियोः

प्रतिक्रिया
सम्बन्धित