शनिबार, ४ कार्तिक २०७४
DainikNepal.com
शनिबार, ४ कार्तिक २०७४

‘डन’ दीपक मनाङ्गेका खास मान्छे ललितपुरमा गिरफ्तार

दैनिक नेपाल २०७३ चैत ७ गते १७:०६

काठमाडौं, ७ चैत । कथित ‘डन’ दीपक मनाङ्गे रमेश बाहुन (सुजन) का विश्वासपात्र गुन्डा नाइके युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुन्डा नाइके युवराज खड्कालाई सोमबार दिउँसो जावलाखेलको एकान्तकुनाबाट प्रहरीले गिरफ्तार गरेको हो । आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उच्च निगरानीमा रहेका युवराज खड्कालाई अपराध अनुसन्धान शाखा ललितपुरको प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

ललितपुरका कार्यबाहक प्रहरी प्रमुख एसपी अशोक सिंहले पनि युवराज खड्कालाई आपराधिक गतिविधिका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको स्वीकार गरे । सिंहले भने, ‘युवराज खड्कासहितका केही व्यक्तिहरूलाई हामीले संकास्पद गतिविधि गरेको आशंकामा उच्च निगरानीमा राखेका छौँ । आपराधिक क्रियाकलापमा संलग्न रहेको आसंकामा सोधपुछका लागि ल्याएका हौँ ।’

कथित ‘डन’ दीपक मनाङ्गे र सेन्ट्रल जेलमा रहेका गुन्डा नाइके रमेश बाहुन (सुजन)का निकटका युवराज खड्काले ललितपुर जिल्लामा जबरजस्ती चन्दा असुली, अबैध जुवा खेलाउने, मिटर व्याजमा पैसा दिने, जग्गा प्लटिङमा जबरजस्तु असुली, अपहरणलगायतका क्रियाकलापमा गर्दै आएको स्थानीय पीडितहरूको गुनासो छ ।

यिनै युवराज खड्काले ललितपुर जिल्लाका उद्योगी, व्यापारी आदिको सूची तयार पारेर जेलमा रहेका रमेश बाहुन समक्ष पुगाएर जेलभित्रैबाट फोन गराइ प्रकाश मालीसँग मिलेर जबरजस्ती असुली गर्दै आएको स्रोतको भनाइ छ ।

युवराज खड्कासँगै उनका प्रमुख साथी प्रकाश माली भने प्रहरीको आँखा छलेर भाग्दै हिँडेका छन् । प्रहरीले प्रकाश मालीलाई पनि धमाधम खोजी गरिरहेको स्रोतको भनाइ छ ।

युवराज खड्का र प्रकाश मालीले आजकाल ललितपुर जिल्लामा दीपक मनाङ्गे र रमेश बाहुनका लागि आपधराधिक कार्य गर्दै आएको पीडितहरूको भनाइ छ ।

सोही विषयमा केही दिन अगाडि दैनिक नेपाल डट कमले प्रकाश माली र युवराज खड्काको आपराधिक गतिविधिको नालिबेलीका विषयमा समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित