बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

एमालेको मेची महाकाली राष्ट्रिय अभियान- एकीकरणको दस्तावेज

अजय सोडारी २०७३ चैत ७ गते १५:०८

‘संविधानको कार्यान्वयन निर्वाचन समृद्धि र स्वाभिमान, राष्ट्रिय एकतार सामाजिक सदभावकालागि मेचिमहाकालीअभियान’ भन्ने मुलनाराका साथ मिति २०७३ फागुन २१ गते पूर्वी झापाको काकडभित्ताबाट शुभारम्भ भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान चैत्र ५ गते मध्यपश्चिमको सुर्खेतमा आएर समापन भएको छ । करिब १५ दिनसम्म चलेको अभियानले तराई मधेशका विभिन्न जिल्लामा पुगेर राष्ट्रियता, स्वभिमान, सर्वभौमिकता र सामाजिक सद्भावको गतिलो सन्देश दिएको छ । संविधान, लोकतान्त्रिक आन्दोलका उपलब्धी, राष्ट्रिय एकता र राष्ट्रमाथि नै गम्भीर चुनौति खडा भएको विषम परिस्थितीमा सुरु भएको अभियानले आफ्नो प्रमुख उद्देश्य पूरा गरेरै छोड्यो । अभियानको मुख्य उद्देश्य सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धिका लागि थियो ।

पछिल्लो समय हाम्रो परम्परादेखि मिलेर बसेको सुशासनमुखी समाजलाई केही प्रतिगामी र निरंकुशवादी अवशेषहरुले भत्काउने कोशिस गरिरहेका थिए । सम्प्रदायिक दङ्गा फैलाउने प्रयास जारी थियो । कसैले देशका नाममा, कसैले जातका नाममा, कसैले धर्मका नाममा, कसैले वर्गका नाममा, कसैले क्षेत्रको नाममा र कसैले लिङ्गको नाममा सामाजिक सदभाव विथोलिरहेका थिए । यी घृणित र निकृष्ट कु–कर्मको अन्त्य गर्न हाम्रो एकीकरण अभियान आवश्यक थियो । जुन एमालेले गाउँ–गाउँ वस्ती–वस्तीमा पुगेर सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरेरै छोड्यो ।

चाहे त्यो मोरङको विराटनगरमा होस्, चाहे सुनसरीको इनरुवामा होस् । वा सप्तरीको राजविराज, धनुसाको जनकपुर, महाकालीको महेन्दनगर होस् चाहे साम्प्रदायिक दङ्गा फैलिएको रक्त रन्जितभूमि कैलालीको टिकापुर होस्, यी सबै ठाउँमा सामाजिक सद्भाव र राष्ट्रिय एकता काययम गरेको छ एमालेले ।

अभियानको मुख्य उद्देश्य यति मात्र थिएन । संविधानको कार्यान्वयन र निर्वाचनका लागि पनि थियो । विगत ७० वर्ष देखिको लामो नेपाली जनताको जनचाहना गत वर्षको असोज ३ गते जनताको प्रतिनिधिहरुले संविधान घोषणा गरे । जसमा गौरवशाली पार्टी नेकपा एमाले अग्रपंक्ति र अग्रमोर्चामा थियो । संविधान घोषणाले मात्र नेपाल र नेपाली जनताका चाहना, इच्छा पुरा हुन सक्दैन । मुलक सम्वृद्धशाली हुन सक्दैन ।
यसको लागि संविधान कार्यान्वयन हुनु जरुरी छ । संविधान कार्यान्वयन हुनु भनेको वि.स. २०७४ माघ भित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचन हुनु पर्छ । तर, विडम्बना र अपसोच वर्तमान सरकार संविधान कार्यान्वयन र निर्वाचन होइन, देशलाई नै संकट र भुमरीको जालोमा फसाउने संविधान संसोधन गर्दैछ । वैदेशिक शक्तिहरुलाई राष्ट्रको आन्तरिक मामलामाथि हस्तक्षेप गर्ने बाटो खुल्ला गर्दै छ । यस्ता देशलाई तत्कालिन र दिर्घकालिन हानी र आघात पर्ने लाचारी कदमका विरुद्ध खवरदारी गर्न, विधि पद्धति र लोकतन्त्रको मुल्य मान्यता भित्र रहेर काम गर्न र गराउन र समयमै तिनै तहका निर्वाचन सम्पन्न गर्न यो अभियान युगान्तकारी र जनदवावको पूर्न ताजगी एकीकरण भएको छ ।
जसमा लाखौ स्वाभिमानी जनताले साथ दिएका छन् । नेकपा एमाले जनाताको पार्टी हो । जो जनताको अभिमतबाटै अगाडि बढ्छ ।

त्यती मात्रै उद्देश्य बोकेर नेकपा एमाले मेची–महाकाली राष्ट्रिय अभियान जिल्ला–जिल्ला गाउँ–गाउँ पुगेको थिएन । सामाजिक, आर्थिक रुपान्तरण र सम्वृद्ध तराई मधेश निर्माणका लागि पनि अभियान संचालन गरिएको थियो । नेकपा एमालेले सामाजिक, आर्थिक रुपान्तरण र तिव्र विकासका माध्यमबाट सम्वृद्ध नेपाल र सुखी नेपालको लक्ष्य हासिल गर्न दृढ संकल्प गरेको छ । विभिन्न राजनैतिक आन्दोलन, १० वर्ष लामो सशस्त्र द्वन्द्व र लामो संक्रमणकालले नेपाली जनताको दशकौं लामो विकास र सम्वृद्धिका कोरा चाहानाहरु शत्तिसालझै ठिङ्ग उभिएका छन् । हो, ती विकासका चाहनाहरुलाई नेकपा एमाले पुरा गर्न चाहन्छ ।

विकास र सम्वृद्धि कस्तो हुन्छ भनेर नेकपा एमालेले मनमोहन सरकारको पालदेखि आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिक भत्ता, सुकुम्बासी समस्या समाधान गरेर देखाइसकेको छ । हामी धेरै टाढा नपुगेर नेकपा एमालेको नेतृत्व गरको पूर्ववर्ति सरकारले गत वर्ष ल्याएको जनमुखी बजेट, जेष्ठ नागरिक भत्ता दोब्बर, शैक्षिक प्रमाण पत्रको आधारमा शैक्षिक ऋण, दलितका छोरा छोरीलाई स्नातकोतरसम्म निःशुल्क छात्रवृत्ति, केरुङ, काठमाण्डौँ, लुम्बिनी तथा पूर्व–पश्चिम विद्युतीय रेल काठमाण्डौं–तराई दुर्तमार्ग दुई वर्ष भित्र कृषि र उर्जामा आत्मनिभरता लगायतका कार्यक्रममा नेकपा एमालेले सम्वृद्ध नेपालको उद्देश्य स्पष्ट पारेको छ ।

नेकपा एमाले दक्षिणतिर रहेको तराई मधेश निर्माण गर्ने र सम्वृद्ध बनाउन त्यो क्षेत्रलाई नेपालको सम्वृद्धीको मुटुको रुपमा परिभाषित गर्दछ । तराई मधेश निर्माण भए मात्र सिङ्गो नेपाल निमार्ण हुने सवालमा नेकपा एमाले विस्वस्त छ । नेकपा एमालेले गत वर्षको बजेटमा सम्वृद्ध तराईका विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । हुलाकी राजमार्ग निर्माणको लागि साढे चार अर्ब विनियोजन गरेको छ ।

पूर्व–पश्चिम विधुतीय रेल, पर्व–पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नती, भैरवा निजगड अन्तराष्ट्रिय विमानस्थल, तराईका जिल्ला सदरमुकाममा जोड्ने चार लेनका सडक र तराई मधेशका बीस हजार घरविहीनलाई निःशुल्क घर वितरण जस्ता कार्यक्रमले नेकपा एमाले तराई मधेसको सम्वृद्धिको योजनालाई स्पष्ट पारेको छ ।

तर, दुखान्तपक्ष यी कार्यक्रमहरु योजनाबद्ध ढंगले कार्यान्वयन हुनै लाग्दा देश बनेको हेर्न नचाहने अवसरवादी र लम्पसारवादी तत्वहरुले विदेशीको आडमा सरकार फेरबदल गरे । जुन कार्यक्रमलाई ओझेलमा पारियो । यी अवसरवादी तत्वहरुलाई तराई मधेशका जनतालाई चिनाउने र नेकपा एमाले मधेश विरोधी हो भन्ने भ्रामक प्रचारलाई चिर्न नेकपा एमालेको मेची-महाकाली अभियान एकीकरणको सुनौलो दस्तावेज भएको छ ।

(लेखक अनेरास्वयुसंग आबद्ध छन् ।)

प्रतिक्रिया
सम्बन्धित