बुधबार, १० जेठ २०७४
DainikNepal.com
बुधबार, १० जेठ २०७४

गीतकार दिनेशकुमारको ‘गहिराई’ सार्वजनिक

दैनिक नेपाल २०७३ चैत ७ गते १२:४६

काठमाडौं । गीतकार तथा फोटोग्राफर दिनेशकुमार राईको आधुनिक गीति एल्बम ‘गहिराई’ सार्वजनिक गरिएको छ । डि.आर. म्युजिक क्रिएसनको आयोजनामा संगीत कला संघले पाँचौ एल्बम ‘गहिराई’ सार्वजनिक गरेको हो ।

गीतकार तथा प्रध्यापक डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार कुवेर राई, प्राज्ञ ज्योति प्रकाशलगायतले एल्बम बिमोचन गरे ।

डि.आर.को एकल लेखनमा सार्वजनिक भएको ‘गहिराई’मा ‘झन्झन् मुटु दुख्न थाल्यो, उदासी मनलाई, लालुपाते फूलै फूल्यो, भेटघाटै टुट्यो, पहाडकी रानी इलाम, विश्वको उच्च’लगायत छ वाट गीतहरू समावेश छन् ।

गीतमा गायक/गायिका प्रमोद खरेल, मिलन अमात्य, संगीत थापा, डेनी निरौला, नरेन्द्र प्यासीलगायतको स्वर छ । जसलाई सन्तोष श्रेष्ठ, शिव सँगम राई, गणेश पराजुली, मानसिंङ थुलुङ र नरेन्द्र प्यासीले संगीत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित