शनिबार, १२ चैत २०७३
DainikNepal.com
शनिबार, १२ चैत २०७३

खुला चेस प्रतियोगितामा सुमित सफल

दैनिक नेपाल २०७३ चैत ७ गते १०:०३

काठमाडौं, ७ चैत । एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे ।

एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल लगायतको उपश्थिती थियो ।

२८ मार्चसम्म हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, माल्दीभ्स र श्रीलंकाका समेत कुल ४२ खेलाडीको सहभागिता रहेको छ ।
पहिलो चरणमा नेपाली खेलाडीमध्य सुमित पन्तले सबैभन्दा महत्वपूर्ण जित हात पारे । उनले बंगलादेशी आइएम अबु सफीयन सकील(२३४३) लाई पराजित गरे ।

अन्य शीर्ष खेलाडीले पहिलो चरणमा सफलता पाए । शिर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानले बद्रीलाल नेपाली, बंगलादेशकै जिएम जीएम अब्दुल्लाह अल रकिबले सजिन मर्हजन, जिएम इमानुएल हुसेनले भुपेन्द्र निरौला र जिएम नियाज नुर्सादले नवीन तण्डुकारलाई हराए ।

एफएम हसन मेहन्दीले रञ्जन कुबँर र एफएफ मुजाफीर सयर रहमानले विवेक श्रेष्ठसंगको खेलमा जित हात पारे । आशिष फुयाँलले श्रीलंकाका कालुगम पिटिया आरएसलाई हराए ।

मदनकृष्ण कायस्थले मिलन लामा, हिमाल लामाले राजेन्द्र पराजुली, केशब श्रेष्ठले सुमन राइ,एफएम मनीष हमालले मोहन सिंह प्रधान, क्षितिज भण्डारीले माल्दीभ्सका अहमद अमान इब्राहिम र रिजेन्द्र राजभण्डारीले मोहम्मद इम्रान खानलाई हराए ।

अन्य नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । डब्लुआइएम हमिद रानीस खानसंग शान्ता थापा,डब्लुएफएम नजरान खानसंग सिन्दीरा जोशी, सरिमिन सिमाहा सिमीमीसंग पुनम प्रसाइ र साउमी जैनाबसंग सबिना श्रेष्ठ पराजित भए ।

प्रतिक्रिया
सम्बन्धित