सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

नासा र एन्माको १३औ संयुक्त सम्मेलन सार्लोटमा हुने

दैनिक नेपाल २०७३ चैत ७ गते ७:२३

सार्लोट । अमेरिकको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्यपश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १३ औ संयूक्त सम्मेलन हुने भएको छ ।
सम्मेलन सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सुन्दर शहर सार्लोटमा हुने भएको हो । सार्लोटस्थित नेपालीहरुको संस्था ग्रेटर सार्लौट नेपलिज एसोसियसनको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको २० भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागिता जनाउने गरी तयारी भैरहेको सम्मेलन आयोजक समितिका अध्यक्ष राजेश सिंह बताए ।
सो संयूक्त सम्मेलनलाई व्यवस्थित बनाउन ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलन आयोजक संस्था जीसिएनएका प्रतिनिधि राजेश सिंहलाई सम्मेलन प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही समितिमा नासाका अध्यक्ष विमल नेपाल, एन्माका अध्यक्ष बाला घिमिरे, समितिको उपाध्यक्षमा नासाका महासचिव शिब विष्ट, कार्यकारी सदस्यहरु डा सुमन सिलवाल, र गजेन्द्र अर्याल रहेका छन भने एन्माका कार्यकारी उपाध्यक्ष कैलास कायस्थ, उपाध्यक्षहरु बलराम पन्थि र सन्जय घिमिरे उपाध्यक्षमा मनोनीत भएका छन् ।

जिसिएनएका प्रतिनिधि एवं नासाका कार्यकारी सदस्य सशील नेपाल, जिसिएनएका प्रतिनिधि अरुण श्रेष्ठ रहेका छन् ।

मुल समितिको कार्यव्यवस्थापन र बैठक परिचालनका सहजीकरणका लागि तीन सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

जसमा नासाका सहसचिव कृष्ण श्रेष्ठ, एन्माका भरत कडेल र जीसिएनका प्रतिनिधि रहने छन् ।

नासाका अध्यक्ष विमल नेपालको सभापतित्वमा हालै सम्पन्न कन्फ्रेन्स कल बैठकमा सम्मेलनका लागि होटल संझौता अन्तिम चरणमा पुगेको सशील नेपालले जानकारी गराउँदै सम्मेलनको बारेमा विशेष सर्भे गर्न लागिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित