बुधबार, १० जेठ २०७४
DainikNepal.com
बुधबार, १० जेठ २०७४

हस्तमैथुन विरोधी महिला सांसद, एक सय जरिवानाको प्रस्ताव

दैनिक नेपाल २०७३ चैत ७ गते ६:३१

न्यूयोर्क । अमेरिकामा टेक्सासका डेमोक्रेट सांसदले हस्तमैथुन गर्ने पुरुषलाई सय डलर जरिवाना लगाउन प्रस्ताव गरेका छन् ।

डेमोक्रेटिक सांसद जेसिका फर्रारले अस्पताल र क्लिनकबाट दिएको अनुमतिबाट हुने हस्तमैथुनलाई छाडेर अन्यलाई जरिवाना गर्नुपर्ने प्रस्ताव ल्याएकी हुन् । उनले अजन्म बच्चाको सुरक्षा हरतरहले हुनुपर्ने भन्दै यस्तो प्रस्ताव ल्याएकी हुन् ।

जेसिकाले यो प्रस्तावमा यदी कुनै मानिसले स्त्रीको यौनीभन्दा बाहिर स्पर्म निकालेमा त्यो नजन्मने बच्चाविरुद्धको कदम भएको दावी गरेकी छन् ।

जेसिका फर्रार ‘पुरुषलाई चिन्ने अधिकार’ क्याम्पेन मार्फत महिलाको केही खास हेल्थकेयर कानूनको नामबाट महिलालाई दुःख दिने गरिए पनि पुरुषलाई यस्तो कानून नभएको बताइन् ।

यसमा उनले खासरगरी गर्भपतनको विषय उठाएकी छन् । उनले स्वास्थ्य सेवामाथि लगाइएको पावन्दीका कारण अमेरिकी महिलाले दुःख उठाउनु परेको उनको भनाई छ ।

उनले कामुकताको वर्गीकरण गर्दै यौनीको बाहिर शुक्राणु निकाल्नु नजन्मने बच्चाका विरुद्धको कारबाही भएको र यो जीवनको पवित्रता कायम राख्नमा असफल हुने उनले बताएकी छन् ।

यस राज्यमा गर्भपतनबारे समेत कडा कानून छ । रुढीवादी इसाई परम्पराअनुसार गर्भपतन कानून बनाइएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित