आइतबार, ४ भदौ २०७४
DainikNepal.com
आइतबार, ४ भदौ २०७४

जसले पत्रिका बेचेर १० हजार करोडको कम्पनी खडा गरे

दैनिक नेपाल २०७३ चैत ६ गते १९:४२

काठमाडौं, ६ चैत । हालै वर्ल्ड इकोनमिक फोरमको योङ्ग ग्लोबल लिडर्सको लिस्टमा शामिल गरिएका अंबरिश मित्राको कहानी हाम्रो लागि प्रेरणादायक बन्न सक्छ । घरबाट भागेर स्लममा अखबार बेचेर गुजारा चलाउने अंबरिश अहिले १० हजार करोडको कम्पनी ब्लिपरका मालिक बनेका छन् ।

अंबरिश शुरुआतदेखि स्कूली शिक्षामा मन लगाउँदैन थिए । अभावमै बाल्यकाल विताउँदै आएका अंबरिश घरबाट भागेर दिल्ली जाने योजना बनाए । दल्लीमा अंबरिशले स्लममा अखबार, म्यागेजिन बेच्न सुरु गरे ।

एक दिन अखबारमा अंबरिशले एक विज्ञापन देखे । जसमा बिजनेस आइडिया मागिएको थियो । अंबरिशले महिलालाई इन्टरनेट उपलब्ध गराउने आफ्नो आइडियाबाट ५ लाख नगद पुरस्कार जितेर भाग्य चम्काए ।

जितेको पैसाले उनले एक कम्पनी खोले । १९९७ मा १७ वर्षको उमेरमा उनले महिला सशक्तिकरणसंग जोडिएको एक वेब पोर्टल शुरू गरे । आइपिओ खोले ।

भारतमा उनको पोर्टल घाटामा रह्यो तर, ठूलो सपना पुरा गर्नका लागि उनले लण्डन जाने तयारी गरे । लण्डनामा उनको मदिरा पिउने लत बस्यो ।

मदिरा पिइरहेका बेला उनका एक सोथीले भनेका थिए– कति राम्रो हुन्थ्यो, यो नोटबाट महारानी एलिजाबेथ बाहिर आएको भए ।’ यो सुन्ने वित्तिकै उनको मनमा एक आइडियो आयो । उनले २०११ अगमेन्टेड रियालिटीको ब्लिपर नामको ऐप बनाए । ब्लिपर अब १० हजार करोड़को कम्पनी भइसकेको छ ।

हालै उनलाई वल्र्ड इकोनमिक फोरमको योङ्ग ग्लोबल लिडर लिस्टमा स्थान मिलेको छ । यस लिस्टमा पहिले ज्याक मा, गुगल फाउन्डर लैरी पेज जस्ता दिग्गजले स्थान पाएका थिए । अंबरिश २०१६ मा ब्रिटेनका आन्त्रप्रेन्योर अफ द इयर पनि चुनिएका थिए । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित