बुधबार, १० जेठ २०७४
DainikNepal.com
बुधबार, १० जेठ २०७४

अक्टोबर १ देखि क्रिकेटमा नयाँ नियम लागू हुँदै, यस्ता छन् ६ वटा नियम

दैनिक नेपाल २०७३ चैत ६ गते १६:२३

काठमाडौं, ६ चैत । क्रिकेटको नियम निर्धारक संस्था मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) ले क्रिकेटमा नयाँ नियम निर्धारण गरेको छ । जुन नियम अक्टुम्बर १ देखि लागू हुनेछ । यसका साथै क्रिकेट सँधैका लागि बदलि एको छ । यो नियम क्रिकेटको सबै फम्र्याटमा लागू गरिने छ । के रहेछन् नयाँ नियमः

ब्याटको साइज

एमसीसीले बनाएको नयाँ नियमअनुसार, क्रिकेट ब्याटको चौडाई १०८ मिलीमीटर बढी हुन सक्दैन । ब्याटको सर्वाधिक मोटाई ६७ मिलीमीटर र किनारबाटको मोटाई ४० मिलीमीटर भन्दा बढी हुनु हुँदैन ।

खेलाडी बाहिर निकाल्न सक्ने

हक्की र फुटबल जस्तै अब क्रिकेटमा पनि नियम विपरित भए याम्पायरले खेलाडीलाई बाहिर निकाल्न सक्ने छ । यसमा खेलाडीलाई केही समयका लागि वा पुरै समयका लागि बाहिर निकाल्न सकिने छ । यो फैसला याम्पायर आफैले गर्नेछन् । हिंसा वा याम्पायरलाई धम्की दिएको खण्डमा यो नियमको प्रयोग गर्न सकिने छ ।

अत्याधिक अपील

टेस्ट क्रिकेटमा अत्याधिक अपील गरेमा समय खेर जान्छ । यस्तो कार्य विपक्षी टीममाथि दबाव बढाउनका लागि गरिन्छ । अब भने अत्याधिक वा गैरजरूरी अपील गरेमा याम्पायरले पहिलो पटक वार्निंग दिनेछन् । यस्तो कार्य दोहो¥याएमा पाँच रनको पेनाल्टी दिइने छ ।

पेनल्टी रन

यदि कोही ब्याटिङ गरिरहेको व्यक्ति वा फिल्डिर जानीबुझी कुनै खेलाडीमाथि बल क्याक्छ वा उसलाई छुने र धकल्ने कोशिश गर्न सक्छ । यस्तो अवस्थामा टीमले पाँच रन भुक्तान गुर्नपर्ने हुन्छ ।

हेन्डिङ्ग द बल

व्याटिङ गरिरहेको खेलाडीले रन लिइरहेको बेलामा बललाई छेक्न सक्छन् । अर्थात ‘हन्डिलिङ्ग द बल’ गर्न आउट दिइँदैन थियो । अब भने यो नियमलाई हटाइएको छ । अब अब्स्ट्रक्टिङ्ग द फिल्ड’ अर्थात फिल्डमा अवरोध उत्पन्न गरेमा आउट दिइने छ ।

मेनकिन्डिङ्ग

नयाँ नियमअनुसार अब बलिङ्ग गरिरहेको व्यक्तिले बल फाल्नु भन्दा पहिले पनि ननस्ट्राइकरलाई रनआउट गर्न सक्नेछन् । अहिलेसम्म रनिङ्ग गरिरहेको बेलामा मात्रै आउट गर्न सक्ने नियम छ ।

प्रतिक्रिया
सम्बन्धित