आइतबार, ४ भदौ २०७४
DainikNepal.com
आइतबार, ४ भदौ २०७४

चन्द्रागिरि केबलकारमा दिउँसो एक घण्टा लन्च ब्रेक

दैनिक नेपाल २०७३ चैत ६ गते १५:११

काठमाडौं, ६ चैत । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते (आज)देखि लागु हुनेगरी दिउँसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ ।

नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुनेछैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः– रेस्टुरेन्ट, बार, वाल उद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित