शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

उत्तर प्रदेशका नयाँ मुख्यमन्त्री हरेक घण्टामा के गर्छन् ?

दैनिक नेपाल २०७३ चैत ६ गते १४:२५

उत्तरप्रदेश, ६ चैत । भारतको उत्तर प्रदेश (यूपी)का नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथ विहान साढे ३ बजे उठ्छन् र राति ११ बजे सुत्छन् । यो उनको दिनचर्या हो ।

उनी विहान साढे ३ बजे उठेर धार्मिक कार्यमा व्यस्त हुन्छन् । बाँकी समय जनताको काममा लाग्ने गर्छन् ।

विहान ९ बजे उनका दरबार बन्द हुने गर्छ । जहाँ उनको चुनावी क्षेत्रका मात्रै नभई प्रदेश को कुना–कुनाका मानिसहरु आफ्नो समस्या लिएर आउने गर्छन् ।

जसको समाधान उनी फोन र पत्रका माध्यमबाट गर्ने गर्छन् ।

महन्त आदित्यनाथ विहान साढे ३ बजे उढेर धार्मिक कार्य सकेपछि योग आसन ध्यान प्राणायाम गर्छन् । पूजा पाठपछि मन्दिरमा जाने गर्छन् । मन्दिर परिसर घुमेर सरसफाईको अवस्था हेरेर गोशालामा जान्छन्, जहाँ गाईलाई गुड र विस्कुट खुवाउने गर्छन् ।

विहान ७ बजे उनी एक पटक पुनः विश्राम कक्षमा जान्छन् र मन्दिरका विभिन्न संस्थाहरुको कार्य निम्ट्याउछन् ।

यति गरिसकेपछि उनी ९ बजेतिर आफ्नो कार्यालय जान्छन् । जहाँ मानिसहरुले ल्याएका विभिन्न समस्याहरुको समाधान खोज्छन् । समस्याका बारेमा सम्बन्धित अधिकारीहरुलाई बुझेर समाधान गर्न लगाउँछन् ।

मध्यान्हसम्म यसै काममा उनी व्यस्त हुने गर्छन् । त्यसपछिका कार्यक्रमहरु पनि पहिले नै तय भइसकेका हुन्छन् । सबै ठाउँमा समय दिइसकेपछि उनी बेलुकातिर मन्दिरमा फर्किन्छन् । जहाँ पहिलेदेखि नै समस्या लिएर आएका मानिसहरुको समस्यालाई सुन्छन् । त्यहाँ हिन्दू मात्रै नभई मुस्लिम समुदायहरु पनि समस्या लिएर आउने गर्छन् ।

बिना कुनै भेदभाव उनी सबैका समस्यालाई गम्भीरताका साथ लिने गर्छन् ।

यस्तै दिनचर्याका साथ राति पर्छ । मन्दिरमा बनेको अल्पहार खान्छन् । यही समयमा नै उनलाई देश विदेशमा रहेका उनका समर्थकहरुले फोन गर्ने गर्छन् । रातिको ११ बजेसम्म आउने फोनहरुलाई पनि उनी आफै उठाउँछन् ।

गोरखनाथ मन्दिरमा सैयौंको संख्यामा साधु सन्तहरु बस्छन् । उनको भोजनका लागि भण्डारा चलाउँछन् ।

प्रतिक्रिया
सम्बन्धित