मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

एनआरएन अभियन्ताहरु मलेसियामा

दैनिक नेपाल २०७३ चैत ६ गते ८:३४

मलेसिया । गैर आवसीय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन् ।

एनआरएनए अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपाली अभियन्ताहरु क्वालालम्पुर आइपुगेका छन् भने विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ ।

सम्मेलनको औपचारिक कार्यक्रम आइतबार क्वालालम्पुरमा हुँदैछ। जसका प्रमुख अतिथि नेपालका परराष्ट्रमन्त्री डा। प्रकाशशरणा महत र अन्य अतिथिहरु नेपाल राष्ट्र बैंकका गर्भरनर डा। चिरञ्जीवी नेपाल लगायतका अतिथिहरु पनि आउने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा क्वालालम्पुरमा शनिवार फुटसल प्रतियोगिता आयोजना गरियो। आम्पाङमा सुरु भएको प्रतियोगिताको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र एशिया प्यासिफिक संयोजक किरणबिक्रम थापाले संयुक्तरुपमा उद्घाघन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित