शनिबार, ४ कार्तिक २०७४
DainikNepal.com
शनिबार, ४ कार्तिक २०७४

होशियार ! अब नोटमा लेख्नेलाई तीन महिना जेल

दैनिक नेपाल २०७३ फागुन ६ गते १८:०९

काठमाडौं, ६ फागुन । अब रुपैयाँको नोटमा लेख्नेलाई कारवाही हुने भएको छ । कसैले नोटमा लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन भएको मानिने छ र सोही अनुसार कारवाही हुने छ । नयाँ ऐनअनुसार नोटमा लेख्नेले कम्तीमा तीन महिना जेल जानुपर्नेछ ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो ।

प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ । सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ ।

उपदफा २ मा कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन भनेर भनिएको छ । उपदफा ३ ले त्यसो गर्नेलाई सजायको व्यवस्था गरेको छ । जसमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना तोकेको छ ।

नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ । यसअघि पनि नोको बण्डलमा स्टिज नगर्न निर्देशन दिएको थियो । त्यसअघि पनि अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित