बिहीबार, १७ चैत २०७३
DainikNepal.com
बिहीबार, १७ चैत २०७३

रुकुमका अपाङ्गहरु आन्दोलित

दैनिक नेपाल २०७३ फागुन ६ गते १६:४२

– अमरराज पुन

रुकुम, ६ फागुण । रुकुम जिल्लाका अपाङ्गहरुले आफुहरुलाई राज्यको नीति निर्माण गर्ने तहबाट नै बेवास्ता हुने गरेकोमा जिल्लाका सबै अपाङ्गहरु आन्दोलित भएका छन् ।

अपाङ्ग पुनर्उत्थान विकास केन्द्र रुकुमले आज मुसिकोटमा गरेको एक पत्रकार सम्मेलन मार्फत हाल रुकुमका अपाङ्गहरु आफ्नो हक अधिकारबाट समेत बञ्चित भएको उनीहरुले गुणासो गरेका छन् । विशेष गरी जिल्ला प्रशासन, जिल्ला विकास समिति, सरकारी वकिल, जिल्ला स्वास्थ्य कार्यालय र महिला तथा बालबालिका कार्यालय लगायतका विभिन्न सरकारी कार्यालयहरुलाई आफुहरुले ध्यानाकर्षण गराएको बताएका छन् ।

जिल्लाका विभिन्न सरकारी कार्यालयहरुले नै जिल्लामा रहेका सम्पुर्ण अपाङ्गहरुको काममा ढिला सुस्ती गर्ने गरेको तथा अपाङ्गहरुको संवेशदनशिल विषयमा जवाफदेही नरहेकै कारण सम्बन्धित निकायप्रती आफ्ना मागहरु पुरा गराउन अनुरोध गरेका छन् । नेपालको अन्तरिम संविधान २०६३ को धारा ३१ को घ (१) मा अपाङ्गता समावेशीकरणको प्रष्ट व्यवस्था भएको एक दशक हुँदा समेत रुकुम जिल्लाका अपाङ्गहरुले आफ्ना सबै हक अधिकार सहज रुपमा लिन नसकेको महशुस गरेका छन् ।

उनीहरुले जिल्लाका विभिन्न विद्यालयहरुले अपाङ्ग विद्यार्थीहरुबाट परीक्षा दस्तुर तथा भर्ना रकम लिने गरेको र हरेक उपभोक्ता समितिमा पनि अपाङ्ग समावेशी नभएको आरोप लगाएका छन् ।

यस्तै जिल्लाको सार्वजनिक यातायातको क्रममा अपाङ्गलाई उपलब्ध गरिएको ५० प्रतिशत छुट भाडा कार्यान्वयन नगरिएको र अपाङ्ग आरक्षण सिटको व्यवस्था समेत नभएको गुणासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित