बुधबार, १० जेठ २०७४
DainikNepal.com
बुधबार, १० जेठ २०७४

विजय गच्छदार भन्छन्- राप्रपा ओलीलाई पराजित गरेर पहिलो पार्टी बनोस्

दैनिक नेपाल २०७३ फागुन ६ गते १६:३२

काठमाडौं, ६ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले पहिलो पार्टी बन्न राप्रपालाई शुभकामना दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै गच्छदारले एमालेलाई समेत परास्त गरेर पहिलो पार्टी बन्न शुभकामना दिएका हुन् ।

‘यहाँ कुरो पहिलो, दोस्रो र तेस्रो पार्टी बन्ने आयो । अघिल्लो वक्ता केपी ओलीजीले म बाहेक सबैलाई धक्का दिन्छ भन्नुभयो,’ गच्छदारले भने- ‘म भन्छु राप्रपा ओलीलाई पनि पराजित गरी पहिलो पार्टी बनोस् । म शुभकामना दिन्छु राप्रपा दोस्रो, तेस्रो होइन् पहिलो पार्टी नै बनोस् । देशलाई सहि मार्गमा हाक्न सकोस् ।’

उनले देश गम्भीर परिस्थितीबाट गुज्रिरहेको भन्दै मधेसका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए । यसका लागि प्रमुख दल मिल्नुपर्नेमा उनले जोड दिए ।

‘दुई तिहाई बहुमतले संविधान संशोधन गरेर समस्या समाधान गरौं । नत्र समस्या समाधान हुन सक्दैन् । देश संकटको भुमरीमा फस्छ,’ उनले भने- ‘त्यसकारण तीनै दल मिलौ । सबै दल मिलेर समस्या समाधान गरौं ।’

प्रतिक्रिया
सम्बन्धित