मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

केपी ओलीले भने– ‘राप्रपाले एमालेबाहेक अरुलाई धक्का दिन्छ’

दैनिक नेपाल २०७३ फागुन ६ गते १६:१३

काठमाडौं, ६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जटिल परिस्थितीमा रहेको भन्दै राप्रपा पनि राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा उभिनसक्नुपर्ने बताए ।

राप्रपा अब नयाँ शक्तिको रुपमा आउनुपर्ने भन्दै ओलीले भने- ‘राम्रो नीति लियो भने एमालेबाहेक अरुलाई धक्का दिन सक्छ ।’

उनले नयाँ शक्ति अर्काे पनि थियो भन्दै भने– ‘उहाँलाई पनि मैले राम्रो नीति लिनुस् भने तर नीति त अन्तै गयो । अहिले कहाँ हो कहाँ पुग्यो ।’

अध्यक्ष ओलीले जनताको विरुद्ध रहेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए ।

प्रतिक्रिया
सम्बन्धित