बिहीबार, १२ फागुन २०७३
DainikNepal.com
बिहीबार, १२ फागुन २०७३

एमाले सल्यानको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा, केन्द्रीय उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्ने

दैनिक नेपाल २०७३ फागुन ६ गते १५:३८

– मिना बुढाथोकी

सल्यान, फागुन ६ । नेकपा एमाले सल्यानको आठौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

“संविधान कार्यान्वयन सम्बृद्ध सल्यान हाम्रो अभियान आर्थिक सामाजिक रुपान्तरण र क्रान्तीकारी संगठनको लागी आठौं जिल्ला अधिवेशन” भन्ने मुल नाराका साथ शुरु हुन लागेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलालाई सम्वोधन गर्न नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवाली सल्यान आउने कार्यक्रम रहेको छ । कार्यक्रममा ज्ञवालीसंगै पार्टी पोलिटब्युरो सदस्य तथा ६ नम्बर प्रदेश सह संयोजक यमलाल कंडेल, पोलिटब्युरो सदस्य तथा सांसद प्रकाश ज्वाला, वैकल्पिक केन्द्रिय सदस्य गुलावजंग शाह लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हरि केसीले जानकारी दिनुभयो ।

जिल्लाका नेताहरु अहिले प्रचार प्रसारका लागी गाविस र गांउ–गांउसम्म पुगेका छन । करिब चार सय ५० जना प्रतिनिधको सहभागिता रहने कार्यक्रमको उद्घाटन जिल्ला विकास समितिको हलमा मध्यान्न १२ बजे हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित