सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

मन्त्री जोशीद्वारा ‘दुर्गामाण्डौं’ सार्वजनिक

दैनिक नेपाल २०७३ फागुन ६ गते १३:१०

काठमाडौं । सुदूरपश्चिममा हुने महिला हिंसाबारे ‘दुर्गामाडौं’ उपन्यास तथा लघुचलचित्र सार्वजनिक गरिएको छ ।

उपन्यास तथा लघुचलचित्रको बिहीबार आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सार्वजनिक गरेका हुन ।

ती कृति सार्वजनिक गर्दै उनले सुदूरपश्चिममा मात्र नभई अहिले पनि देशभरी नै अन्धविश्वास कुरीतिका कारण महिलामाथि दुव्र्यवहार हुने गरेको बताए ।

उनले पुर्खाबाट चलिआएका रितिरिवाजले नै महिलामाथि विभेद हुँदै आएको भन्दै त्यस्ता रितीरिवाजलाई निस्तेज पार्नुपर्ने बताए । उनले उपन्यासले समाजलाई परिवर्तन गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा सांसद गरिमा शाहले अझै पनि महिलामाथि हिंसा हुने गरेको उल्लेख गदै हिंसा रोक्न समाज नै अग्रसर हुनुपर्ने बताए।
लेखक माधवराज खरेलले उपन्यास डोटीको विकट दुर्गामाण्डौ भन्ने गाउँमा छाउपडी, एकल महिला र बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाका कुरालाई समेटेर लेखिएको बताए।

लघुचलचित्रमा एक जना दुर्गा पात्रमार्फत समग्र सुदूरपश्चिमका महिलाले महिनावारी हुँदा छाउका नाममा भोग्नु परेको समस्या, बालविवाह तथा उनको श्रीमान्को मृत्युपछि उनले समाजबाट भोग्नु परेको अपहेलना तथा समाजको लगाउने अनेक लाञ्छनाहरुलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक दिपक जंगम, रिपोर्टर्स क्लब नेपालका पत्रकार तथा स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठानका सचिव रञ्जित धमला, दुर्गामाण्डु लघुचित्रमा अभिनय गरेका कलाकारहरुलाई मन्त्री जोशी ताम्रपत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित