बिहीबार, १२ फागुन २०७३
DainikNepal.com
बिहीबार, १२ फागुन २०७३

निर्माण भयो हावामा उड्ने कारः दुबईमा सफल परीक्षण, छिट्टै बजारमा आउने

दैनिक नेपाल २०७३ फागुन ६ गते १२:५२

एजेन्सी । सडकमा गुड्ने मात्र होइन् अब हावामा उड्ने कार पनि निर्माण भएको छ ।

हावामा उड्ने यो कारको दुबईमा सफल परीक्षण गरिएको छ । यात्री आफैं चालक रहने यो कार एक सीट क्षमताको हुनेछ । यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ ।

सञ्चारमाध्यमका अनुसार चीनको एक प्रतिष्ठित कम्पनीले यो कार निर्माण गरेको हो । ३ सय मिटरको उचाईमा उड्ने यो कारले एक घण्टामा १ सय किलोमिटरको यात्रा पार गर्दछ ।

देशलाई सन् २०३० सम्म ‘सेल्फ ड्राइभिङ ट्रान्सपोर्ट सिस्टम’ मा लैजाने योजना अनुसार दुबईले सवारी चाप कम गर्न यो कारको विकास गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित