मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

भारतको ‘निशाना’मा ‘ओली र पोलिटब्युरो’

दैनिक नेपाल २०७३ फागुन ६ गते १०:२७

काठमाडौं, ६ फागुन । बिहीबार र शुक्रबार दुई दिन पार्टी मुख्यालय धुम्रबाराहीमा चलेको एमाले पोलिट ब्यूरो बैठकको चर्चा भारतभरि भएको छ । विशेष गरेर भारतीय सञ्चारमाध्यमहरूले अध्यक्ष केपी ओलीद्वारा पोलिट ब्यूरो बैठकमा पेश गरिएको कुटनीतिकसम्बन्धी विषयको धेरै चर्चा भएको हो ।

ओलीले भारतको रवैयाको आलोचना गरेर आफ्नो प्रतिवेदन तयार पारेपछि भारतमा त्यसले ठूलो स्थान पाएको हो । अधिकांस भारतीय सञ्चारमाध्यम विशेष गरेर अनालइन पोर्टलहरूले ओलीको प्रतिवेदन र पोलिट ब्यूरो बैठकको समाचारलाई महत्व दिएर सम्प्रेषण गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूलाई भारतविरोधीका रुपमा प्रस्तुत गर्न तीव्र अभियान नै चलाएको भारतीय सञ्चारमाध्यमहरूले आक्षेप लगाएका छन् । उनीहरूले ओलीलाई भारत विरोधीको आरोप लगाएका छन् ।

‘भारतले बिम्सटेक र बीबीआईएन जस्ता उप–क्षेत्रीय गुटलाई ज्यादा महत्व दिएको छ । तर, दक्षिण एशियाई क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको आयोजना गर्न नदिन विभिन्न प्रयास गरिरहेको छ’, भारतीय सञ्चारमाध्यमहरूले ओलीको प्रतिवेदनमा रहेका विषयलाई उदृत गर्दै आफ्ना समाचार लेखेका छन् ।

ओलीले पोलिट ब्यूरोको बैठकमा दाबी गरेका विषयलाई भारतीय सञ्चारमाध्यमहरूले भनेका छन्, ‘भारत बिम्सटेक र बांगलादेश, भूटान, भारत, नेपाल रहेको (बीबीआईएन) जस्ता उप–क्षेत्रीय गुटलाई धेरै महत्व दिइरहेको छ । तर, भारतले दक्षिण एसियाली शिखर सम्मेलन हुन दिएको छैन । भारतका कारण सम्मेलन प्रभावित भएको छ । नेपालले भारतको यो क्रियाकलाप रोक्न कुनै प्रयास गरेको छ ।’

ओलीले आफ्नो १० पेजवाला राजनीतिक दस्तावेजमा भारत र पाकिस्तानबीच गतिरोध तथा बांगलादेशप्रति भारतको नीतिले सार्क कमजोर भएको जनाएको समाचारमा उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमहरूले ओली प्रधानमन्त्री भएका बेला नेपाल–चीन ट्राञ्जिट र परिवहन सम्झौतामा हस्ताक्षर भएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।

यो पनि पढ्नुस्ः

पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रयासविरुद्ध लड्ने ओलीको घोषणा

प्रतिक्रिया
सम्बन्धित