बुधबार, ११ फागुन २०७३
DainikNepal.com
बुधबार, ११ फागुन २०७३

लायन्सको संस्थापकको जन्मदिनमा यस्तो हुदैंछ भैरहवामा

दैनिक नेपाल २०७३ पुष २७ गते २०:१७

– नरेश केसी

सामाजिक क्षेत्रमा संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लबका संस्थापक मेल्भिन जोनको १३८ औं जन्मजयन्तीको अवसरमा भैरहवामा विशेष कार्यक्रम गरिने भएको छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथको आतिथ्यतामा हुन गइरहेको उक्त कार्यक्रममा लायन्स एरिया ४ का ५४ लायन्स क्लब र १४ वटा लियो क्लबहरुको सहभागीता रहने सिद्धार्थनगर युथका अध्यक्ष अर्चित श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रम सम्बन्धमा जानकारी दिने ध्ययेले बुधबार भैरहवामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै डिस्ट्रक ३२५ विटुका मेल्भिन जोन्स जयन्ती समारोह संयोजक महेशचन्द्र थापाले सामाजिक क्षेत्रमै विशिष्टता कमाएको, संसारमै सामाजिक संस्थाका तर्फबाट युएनको सदस्य भएको लायन्सको संस्थापकको जयन्ती समारोहको तयारी अन्तीम चरणमा पुगेको बताए ।

सोही अवसरमा बोल्दै लायन्स क्लब डिस्ट्रक ३२५ विटुका पुर्व गर्भनरद्वय महेन्द्र नारायण श्रेष्ठ र अरुण प्रताप राणाले शान्तिका प्रतिक बुद्धभूमि लुम्बिनीको प्रवेशद्धार भैरहवामा सामाजिक क्षेत्रका महान व्यक्तित्व मेल्भिन जोनको जन्मजयन्ती मनाउनु नै संसारकैलागी नमूना भएकोले सबै अन्चलबासीले खुला दिलले सहयोग गर्नुपर्नेमा जोड दिए ।

गर्भनरद्धयले नेपालमा भुकम्प जादां लायन्स क्लब अफ इन्टरनेशनले सबैभन्दा ठूलो राशी ५० करोड सहयोग गरेको स्मरण गदै सामाजिक क्षेत्रमा लायन्सको योगदानको चर्चा गरेका थिए ।

सो अवसरमा लायन्स धर्मराज श्रेष्ठ , किरण खरेल, गोवीन्द प्रसाद गिरी लगायतले बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर युथले छोटो समयमै महत्वपुर्ण काम गरेको पनि तर्क गरे । मेल्भिन जोनको जन्मजयन्ती मनाउने सन्दर्भमा पुस ७ गते वसेको एरिया ४ को बैठकले लयान्स क्लब अफ सिद्धार्थनगर युथलाई आतिथ्यता गर्ने जिम्मेवारी दिएको क्लबका सदस्य गोविन्द प्रसाद गिरीले जानकारी दिए ।

सो अवसरमा क्लबले रयालीमा झाकिं सहित सहभागी उत्कृष्ट क्लबलाइ १० हजार पुरस्कार प्रदान गर्ने र सांझ विशेष सास्कृर्तिक कार्यक्रम समेत गर्नेगरी तयारी थालेको सदस्य गिरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित