शुक्रबार, ११ चैत २०७३
DainikNepal.com
शुक्रबार, ११ चैत २०७३

रक्षामन्त्री खाँडको प्रश्नः के मधेसको बोर्डरमा सुरक्षा गर्न ओली आएका हुन् र ?

‘अब नेपालमा राजा फर्काउने सपना नदेखौं’

दैनिक नेपाल २०७३ पुष २७ गते १८:५०

– सन्तोष यादब

सिरहा, २७ पुस । रक्षामन्त्री बालकृष्ण खाँडले संविधान महाभारत, रामायण र बाइकल जस्तो नभएकोले जनताले चाहेको अवस्थामा जुनसुकै बेला पनि संशोधन गर्न सकिने बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिकाको तेस्रो परिषदलाई उद्घाटन गर्दै मन्त्री खाँडले संविधान संशोधनको विवादमा नअल्झिन विपक्षी दलका नेताहरुसँग आग्रह गरे । उनले काँग्रेस, माओवादी केन्द्र, मधेसवादी दल र एमाले लगायतका विपक्षी दलहरु एक हुनुको विकल्प नरहेको पनि बताउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै उनले कुनै राजनीतिक दलका नेताले कुनै नेता वा पार्टीलाई अराष्ट्रवादी भन्छन् भने त्यसको भविष्य लामो हुन नसक्ने तर्क गरे । उनले प्रश्न गरे– के मधेसमा बोर्डरको सुरक्षा गर्न ओली आएका हुन् र ?

हिमालमा त्यहाँकै जनताले बोर्डरको रक्षा गरिरहेको र मधेसमा मधेसी जनता नै बोर्डरको रक्षा गरिरहेको बताउँदै उनले सबै नेपाली जनता राष्ट्रवादी नै भएको बताए । उनले भने- नेपालमा बसोबास गर्ने कसैलाई पनि कसैले अराष्ट्रवादी भन्न मिल्दैन् ।

मन्त्री खाँडले नेपालको मालिक कुनै नेता वा कुनै पार्टी मात्र नभएर नेपाली जनता नै रहेको कुरा सबैले स्वीकार गर्नैपर्ने बताए । उनले अब नेपालमा राजा पनि फर्किन नसक्ने बताए ।

नेपालको स्वतन्त्रा, अखण्डता र सर्वसत्ता कसैले पनि समाप्न पार्न नसक्ने भन्दै उनले पृथ्वीमा चन्द्र र सूर्य रहुन्जेलसम्म नेपाल देश रहिहने बताए ।

प्रतिक्रिया
सम्बन्धित