http://www.dainiknepal.com/wp-content/themes/dainik
आइतबार, १७ वैशाख २०७४
DainikNepal.com
आइतबार, १७ वैशाख २०७४

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

दैनिक नेपाल २०७३ पुष २७ गते १८:१९

गौशाला, २७ पुस । महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताउनुभयो ।

गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हबल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा पर्नुभएको थियो ।

घाइते हबल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित