आइतबार, ११ असार २०७४
DainikNepal.com
आइतबार, ११ असार २०७४

गठबन्धनले अब संशोधन विधेयक परिमार्जन गर्न दबाब दिने

दैनिक नेपाल २०७३ पुष २७ गते १८:०४

काठमाडौं, २७ पुस । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले संविधान संशोधनको विधेयकलाई परिमार्जन गर्नका लागि दबाब सृजना गर्ने भएको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बुधबार बसेको गठबन्धनको बैठकले सरकारलाई दबाब दिन अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारेमा जानकारी दिँदै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले संशोधन विधेयकलाई परिमार्जन गर्ने क्रममा के–के विषयमा गर्न सकिन्छ भनेर बृहत अन्तरक्रिया गर्ने निर्णय भएको जानकारी दिए ।

‘वृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ’, महासचिव झाले भने, ‘माघको १ गते १ बजे राष्ट्रिय नाचघर जमलमा वृहत अन्तरक्रिया गर्ने निर्णय भएको छ ।’

अन्तरक्रियामा बाबुराम भट्टराई, सीके लाल, दमननाथ ढुङ्गाना, सुन्दरमणि दीक्षित, रमेशनाथ पाण्डेलगायतका अगुवालाई बोल्नका लागि आग्रह गर्ने महासचिव झाले बताए ।

प्रतिक्रिया
सम्बन्धित