सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ: सचिव भट्टराई

दैनिक नेपाल २०७३ पुष २७ गते १८:००

दाङ, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भन्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित