काठमाडौं, २७ पुस । बिश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच शिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजडम्यान द्क्षिण मोहडाबाट सफल आरोहण गरेका क्रितिमानी बिश्व पर्वतारोहि संजय पण्डितलार्इ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले सम्मान गरेको छ ।
अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडी देखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम द्क्षिण पोलमा जाने जिम्मा ए।ल।इ ले मात्र लिएको छ । सम्मान कार्यक्रममा एलइका प्रबन्ध निर्देशक ओनर एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिएर र अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री प्रदान गर्नु भएको थियो भने पण्डितले नेपाली भादगाउले टोपी पहराइदिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले प्रदान गरेको सम्पूर्ण नेपाल पर्यटन सम्बन्धि सिडी र उपराष्ट्रपति नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए ।
पण्डितले एलइका सम्पूर्ण टिम सदस्यहरुलाई सगरमाथा अनि बुद्ध जन्मेकोको देशमा आउन पनि निम्ता दिएका थिए । पण्डित लगायतको टोली मंगलबार नै अन्टारटिका देखि चिलीको लागि प्रस्थान गरिसकेको छ ।
फोटोः बर्न तेजास ।

